Dimaag Kharaab
Feature Film Political DramaNov 10, 2023Hall Release
News
‘दिमाग खराब’लाई युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘दिमाग खराब’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सोमबार चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले युनिभर्सस सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समुहका दर्शकले निर्वाध हेर्न पाउने छ ।
आगामी शुक्रबार अर्थात २४ गतेबाट रिलिज हुने चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतका कलाकारको अभिनय छ । निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र सामाजिक विषयमा केन्द्रित रहेको जनाइएको छ । रौनक विक्रम कडेल निर्माता रहेको चलचित्रमा सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



