Degree Maila M.A. 3rd Class
Feature Film DramaApr 12, 2024Hall Release
News
‘डिग्री माइला’को गफाडी प्रतियोगिता, विजेतालाई मोवाइल उपहार
चैत ३० गते रिलिज हुने दयाहाङ राई स्टारर चलचित्र ‘डिग्री माइला’ले गफाडी प्रतियोगिता घोषणा गरेको छ । निर्माण पक्षले चलचित्रको शिर्ष पात्र ‘डिग्री माइला‘ पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडियो पठाउन आव्हान गर्दै सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने घोषणा गरेको छ ।
घोषणा अनुसार प्रतियोगितामा भाग लिने प्रतियोगीले ‘डिग्री माइला’ पात्र बनेर आफ्नै गफ दिदैं भिडियो बनाउनुपर्नेछ । सो भिडियो अधिक्त्तम ३ मिनेट सम्मको हुनुपर्नेछ ।
यस्तै कम्पनीको बासुरी फिल्मस् नामक यूट्यूब च्यानलसमेत सस्क्राइब गरेको हुनुका साथै पोस्ट गरिएको भिडियोमा ‘डिग्री माइला‘ चलचित्रको नाम र रिलिज मिति लेखिएको हुनुपर्नेछ ।
सहभागी हुने प्रतियोगीले निम्न ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।
#DailogueCompetition #DegreeMaila #Chaitra30
यसरी बनाइएको भिडियोलाई चलचित्रको निर्माण गर्ने कम्पनी बासुरी फिल्मस्लाई ट्याग गर्दै फेसबुकमा पोस्ट गर्नुका साथै degreemaila.movie@gmail.com मा इमेल गर्नुपर्नेछ ।
प्रतियोगीले चैत २७ गतेसम्म आफ्नो भिडियो माथि उल्लेखित सर्तहरु पूरा गर्दै पोस्ट गरिसक्नुपर्नेछ ।
यस प्रतियोगिताका विजेताले अनर मोबाइलको ‘एक्स नाइन बि फाइभजी‘ पुरस्कारस्वरुप पाउनेछन् भने दोश्रो र तरेश्रो हुनेले क्रमश: ‘एक्स एट बि‘ तथा ‘एक्स सेभेन बि‘ मोडलको मोबाइल प्राप्त गर्नेछन् । यसका अलावा सन्त्वना पुरस्कारस्वरुप चलचित्रको ५० वटा टिकट प्रदान गरिनेछ ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाका अलवा आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल आदिकोअभिनय रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

