Dal Bhat Tarkari
Feature Film May 03, 2019Hall Release
News
मल्टिप्लेक्समा ‘दाल भात तरकारी’लाई उच्च शो, टिकट बुकिङ खुल्ला
वर्षकै प्रतिक्षित चलचित्र मध्येको एक ‘दाल भात तरकारी’ को टिकट बुकिङ खुलेको छ । देशभरका मल्टिप्लेक्सले चलचित्रलाई उच्च शो दिदै बुकिङ खुल्ला गरेका हुन् ।
मह सञ्चारको ब्यनारमा निर्मित अघिल्लो चलचित्र ‘शत्रु गते’ ले गरेको ब्यापारको आधारमा यस चलचित्रलाई मल्टिप्लेक्सले प्राथमिकतामा राखेको बुझिन्छ । किरण केसीको प्रस्तुति रहेको चलचित्रलाई उनकै छोरा सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, बर्षा राउत, आँचल शर्मा, पुष्प खड्का, शिवहरी पौडेल, बसुन्धरा भुसाल, रविन तामाङ, किरण केसी, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई राजधानीमा क्युएफएक्स च्यानल अन्तर्गत २४ शो प्राप्त भएको छ । क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामा यसलाई ५ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा ५ र नारायणघाटमा रहेको जालमामा ५ दिएको छ । यसैगरी विर्तामोडमा रहेको वानस्टप सिनेमाले पनि ५ शो दिएको छ । राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ४ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ७ शो रहेको छ ।
यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमामा ६ शो र हेटौडामा रहेको एनएस सिनेमामा ६ शो प्राप्त भएको छ । चलचित्रमा हरिबंश आचार्यको लेखन, दिर्घ गुरुङको छायाँकन र मित्र डि. गुरुङको सम्पादन रहेको छ । मह संचारको प्रस्तुतिमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्र कमेडी जनराको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



