Chiso Manchhe

Feature Film Social DramaJun 17, 2022Hall Release

News

‘चिसो मान्छे’को गीत ‘जीवनको बाटोमा’

लेन्सनेपाल २०७९ जेष्ठ २९
‘चिसो मान्छे’को गीत ‘जीवनको बाटोमा’

आगामी शुक्रबार अर्थात् असार ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चिसो मान्छे’को गीत सार्वजनिक गरिएको छ । ‘जिवनको बाटोमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा सुदुरपश्चिमेली देउडा र सिनेमाटिक शैलीको समिश्रण सुन्न सकिन्छ । सुवास भुषालको संगीत रहेको गीतको शब्द रचना देउडामा हर्क साउद र सहदेव अर्यालले नेपालीमा लेखेका छन् । गीतको देउडा पार्टमा रेखा जोशीको स्वर सुन्न सकिन्छ, भने सिनेमाटिक शैलीमा निखिता थापाको स्वर छ । सार्वजनिक गीतको लिरिकल भिडियोले दर्शकको मन जित्ने विश्वाु निर्माण टिमलाई छ ।

वैदेशिक रोजगारीमा गएका श्रीमान गुमाएकी बिकट क्षेत्रकी महिलाले कसरी चाहना र सपनाको उडान भर्छिन भन्ने संघर्ष ट्रेलरले देखाएको छ । सिनेमाको ट्रेलर अभिनेत्री स्वस्तिमा खड्का, देशभक्त खनाल र अर्पण थापा वरिपरि घुम्छ । सुदुर पहाडी क्षेत्रकी युवतीको भूमिकामा स्वस्तिमाले आफुलाई डुबाएकी छन् ।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमाकी निर्माता शर्मिला पाण्डे हुन् । निर्देशक दीपेन्द्र के खनालले खिचेको सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंमले लेखेका हुन् । सिनेमाको ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएकाले राम्रो व्यापार गर्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।