Chiso Ashtray
Feature Film DramaMar 18, 2022Hall Release
News
चैत्र ४ गतेबाट ‘चिसो एस्ट्रे’

चलचित्र ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति तय गरिएको छ । दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्र चैत्र ४ गतेबाट प्रदर्शन हुने भएको छ ।
निर्देशक दिनेश पाल्पालीका अनुसार आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने युवाको कथामा चलचित्र बनेको छ । मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई देखाउन खोेजेको निर्देशक पाल्पालीले बताएका छन् । ‘चिसो एस्ट्रे’मा दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठको अभिनय रहेको छ ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रसतुतकर्ता महेशबाबु तिमल्सिना हुन् भने निर्माता प्रवीन स्याङ्बा र शर्मिला पराजुली हुन् । यस्तै सहनिर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् ।
चलचित्रमा निर्देशक दिनेशकै लेखन रहेको छ भने अजर जंगमको संगीत, उज्ज्वल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi