Chiso Ashtray
Feature Film DramaMar 18, 2022Hall Release
News
चलचित्र ‘चिसो एष्ट्रे’ प्रदर्शन

चलचित्र ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएका छन् । दिन्स पाल्पालीको निर्देशन रहेको चलचित्रमा दिब्य देब, श्रृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, शुशिलराज पाण्डे, नविन लम्साल, रबिन तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।
मंगलवार भएको प्रिमियरमा ‘चिसो एष्ट्रे’ले चलचित्रकर्मीबाट उच्च प्रसंसा बटुलेको थियो । हलिउड स्तरको चलचित्र भन्दै प्रशंसा गरेका चलचित्रकर्मीहरुले यसको भिजुअल ल्याङ्वेज, निर्देशकिय पक्ष, कलाकारको अभिनय, छायांकन पक्ष, कस्ट्युमलगायतको तारिफ गरेका छन् ।
चलचित्रले काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको संघर्षको कथालाई भनेको छ । चलचित्र कवि भूपि शेरचनको ‘चिसो एस्ट्रे’ कविताबाट प्रभावित भएर निर्माण भएको हो ।
चलचित्र कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्माण भएको हो । चलचित्रका कार्यकारी निर्माता महेशबाबु तिमल्सिना हुन् भने प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले निर्माता र रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा सह निर्माता हुन् ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi