Chiso Ashtray
Feature Film DramaMar 18, 2022Hall Release
News
सबिन राईको स्वरमा ‘चिसो एस्ट्रे’को ‘बाबा पशुपति’

चलचित्र ‘चिसो एस्ट्रे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शिवरात्रीलाई लक्षित गर्दै ‘बाबा पशुपति’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा दिनेश पाल्पालीको शब्द, अजर जंगमको संगीत र सविन राईको स्वर रहेको छ । लामो समयको अन्तरालमा सबिनले यो चलचित्रको गीत गाएका हुन् ।
चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चैत्र ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्छ ।
दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्रको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत र टिजर सार्वजनिक भइसकेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता महेशबाबु तिमल्सिना हुन् भने प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले निर्माता र रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा सह निर्माता हुन् ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi