Chhakka Panja

UA Feature Film Comedy, DramaSep 09, 2016Hall Release

News

छक्का पञ्जा ३ ले तोड्यो यसअघिको रेकर्ड, १७ दिनमा १६ करोड बढीको व्यापार

लेन्सनेपाल २०७५ कार्तिक ११
छक्का पञ्जा ३ ले तोड्यो यसअघिको रेकर्ड, १७ दिनमा १६ करोड बढीको व्यापार

निर्माण पक्षको दाबिलाई मान्ने हो भने चलचित्र छक्का पञ्जा ३ ले लाईफ टाईम कलेक्सनमा यसअघिका सबै व्यवसायिक रेकर्डहरुलाई तोडेको छ ।

नेपाली चलचित्रमा सबैभन्दा बढी व्यापार गर्ने चलचित्रका रुपमा दर्ज भएको छक्का पञ्जाको व्यवसायिक रेकर्ड तोडेसँगै छक्का पञ्जा ३ सार्वाधिक व्यापार गर्ने चलचित्र बनेको छ ।

घटस्थापना देखि प्रर्दशन भएको चलचित्र छक्का पञ्जा ३ ले १७ दिनमै १६ करोड बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । न त वितरकले, न त निर्माताले नै चलचित्रको व्यवसायिक रिपोर्ट सार्वजनिक गरेका छन् यद्यपी निर्माता दिपकराज गिरी र निर्देशक दिपाश्री निरौलाले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुक मार्फत यसअघि छक्का पञ्जाले १ सय २८ दिनमा प्राप्त गरेको सफलता छक्का पञ्जा ३ ले १७ दिनमै हासिल गरेको उल्लेख गरेका छन् । उनीहरुले व्यवसायिक रिपोर्ट सार्वजनिक नगरे पनि यो स्टाटस्का आधारमा छक्का पञ्जा ३ ले १६ करोड भन्दा बढीको व्यापार गरेको स्पष्ट हुन्छ । किनकी छक्का पञ्जाले १ सय २८ दिनमा १६ करोडको व्यापार गरेको बताइएको थियो ।

दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, लक्ष्मी गिरी, संजोग कोइराला, शिवहरी पौडेल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, दिपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ ।