Chhakka Panja 4
Feature Film ComedyMar 03, 2023Hall Release
News
राजनीतिको कथामा ‘छक्का पञ्जा ४’, ट्रेलर सार्वजनिक
चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ । फागुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा राजनीतिक विकृतिको कथा देखाइएको छ ।
ट्रेलर हेर्दा राजनीतिमा होमिएको खराब स्वभाव र शैलीको पात्रको वरिपरि चलचित्र घुमेको देख्न सकिन्छ । हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, बुद्धि तामङ, बेनिषा हमाल, मलिना जोशी, नीर शाह, सबिन बास्तोला, निर्मल शर्मा, राज आचार्य, सुष्मा निरौला, रमेश बुढाथोकीलगायतको अभिनय रहेको छ ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ । आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको चलचित्रको निर्माताहरुमा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




