Chhakka Panja 4
Feature Film ComedyMar 03, 2023Hall Release
News
‘छक्का पञ्जा ४’को गीत ‘दर्शन सलाम’ सार्वजनिक
चलचित्र ‘छक्का पञ्जा ४’को गीत ‘दर्शन सलाम’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वस्तिमा खड्का, राज आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मालगायतका कलाकारको नृत्य देख्न सकिन्छ । यसै चलचित्रबाट अभिनेताको रुपमा अघि आएका राजले बाल कलाकारको रुपमा थुप्रै सफल चलचित्रमा काम गरिसकेका छन् ।
सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द, दिपक शर्माको संगीत, डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । फागुन १९ गतेबाट प्रदर्शन हुने चलचित्र राजनीतिक विषयवस्तुमा आधारित छ । भिडियो हेर्दा निर्वाचनमा होमिएका उमेदबारको चुनावी सभामा गीत प्रस्तुत गरेको छनक देखिन्छ ।
हेमराज विसीको निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, नीर शाह, मलिना जोशीलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



