Chhakka Panja 4

Feature Film ComedyMar 03, 2023Hall Release

News

‘छक्का पञ्जा ४’ फागुन १९ मा

लेन्सनेपाल २०७९ भाद्र ३१
‘छक्का पञ्जा ४’ फागुन १९ मा

चलचित्र ‘छक्का पञ्जा ४’ फागुन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माता तथा मुख्य कलाकार दिपकराज गिरीले शुक्रबार फागुन १९ बाट चलचित्र प्रदर्शनमा आउने जानकारी गराएका हुन् । यसअघि चलचित्र दशैं वा तिहारमा प्रदर्शन हुने निकै चर्चा चलेको थियो ।

हेमराज विसी निर्देशित ‘छक्का पञ्जा ४’ले रोजेको उक्त मितिमा यस अघि नै ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ गरी तीन चलचित्रले प्रदर्शन हुने घोषणा गरिसकेका छन् । यसअर्थ यदि कुनै चवलचित्रको प्रदर्शन हेरफेर नभए उक्त मितिमा चार चलचित्र एकसाथ प्रदर्शनमा आउने छन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

कमेडी जनरामा निर्माण भएको चलचित्रले राजनीतिक विषयलाई उठाइएको बुझिएको छ ।