Chhakka Panja 4
Feature Film ComedyMar 03, 2023Hall Release
News
‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन
चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका छन् । प्रतिक्षित मानिएका दुबै चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् । यो सातामा दुई दिनसम्म होली विदा र नारी दिवसको विदा समेत रहेकोले बक्स अफिस कलेक्सन राम्रो हुने विश्वासका साथ दुबै चलचित्रले फागुन १९ रोजेका हुन् ।
मल्टीप्लेक्समा ‘छड्के २’ले ४० प्रतिशत र ‘छक्का पञ्जा ४’ले ६० प्रतिशत हाराहारीमा शो पाएका छन् । यद्यपी अग्रीम बुकिङमा दुबै चलचित्र कमजोर देखिएका छन् ।
ग्याङस्टर जनरामा निर्माण भएको ‘छड्के २’लाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, लगायतका कलाकारको अभिनय रहेको छ ।
यस्तै, हेमराज विसीले निर्देशन गरेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, राज आचार्य लगायतको अभिनय छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



