Chha Maya Chhapakkai

UA 145 mins Feature Film ComedyOct 11, 2019Hall Release

News

दिपाश्री निरौला टेक्निकल्ली स्ट्रोङ निर्देशक – दिपेन्द्र लामा

लेन्सनेपाल २०७६ असोज १६
दिपाश्री निरौला टेक्निकल्ली स्ट्रोङ निर्देशक – दिपेन्द्र लामा

बक्स अफिसमा लगातार हिट चलचित्र दिने निर्देशक हुन् दिपाश्री निरौला । ‘छक्का पञ्जा’ सिरिजकी यि निर्देशक हरेक वर्ष जस्तो सवैभन्दा बढी व्यापार गर्ने चलचित्रको निर्देशक पनि बन्न सफल हुन्छिन् । तर, ठुलो जमात अझै पनि उनको कार्यकौशलता माथी प्रश्न गर्न पछि पर्दैन ।
निर्देशक दिपेन्द्र लामाले पनि दिपाश्रीको क्षमता माथी गरिएका टिका टिप्पणी सुनेका थिए । तर, जब उनीसँग फिल्डमा उत्रिए सुनेका सबै कुराहरु गलत पाए ।

दिपेन्द्रका अनुसार अहिले पनि धेरै निर्देशकहरु नामका मात्र छन् । निर्देशकमा नाम जसको आएपनि कति चलचित्रमा चिफ एडि ले त कति चलचित्रमा अनाम व्यक्तिले काम गर्ने गर्छन् । त्यस्ता निर्देशकहरु अहिले पनि बजारमा छन् । दिपाश्रीलाई पनि त्यस्तै भन्थे धेरैले । दिपेन्द्रले सुनेका थिए काम सबै दिपकराज गिरीले गर्ने हो नाम मात्र दिपाश्रीको हो । तर, जब ‘छ माया छपक्कै’को छायाँकनमा सँगै काम गरे तब उनलाई लाग्यो यो सब अनावश्यक हल्ला हो । ‘छ माया छपक्कै’मा निर्देशन सल्लाहकारका रुपमा थिइन दिपाश्री निरौला । त्यसकारण सुटिङमा हरदम लामा सँगै हुन्थिन । जसका कारण लामाले दिपाश्रीलाई नजिकबाट चिन्न पाए । जब दिपासँगै काम गरे तब उनलाई थाहा भयो उनी त टेक्निकल्ली एकदमै स्ट्रोङ निर्देशक रहिछन् । टेक्निकल्ली रुपमा हेर्दा नेपालमा भएका निर्देशक मध्ये दिपा टप निर्देशक भित्र पर्ने दिपेन्द्रको भनाई छ । त्यसो भए दिपकको भुमिका केही हुँदैन थियो त ? दिपेन्द्र भन्छन् दिकपराजले दिपाश्रीलाई सघाउने भनेको कन्टेनमा मात्र हो ।

उनले अघि थपे – ‘दिपाश्रीले एकदमै कन्सियस भएर काम गर्दि रहिछन् । मेहनत पनि उत्तिकै गर्ने, हतार पनि नगर्ने, काममा सम्झौता पनि नगर्ने, काममा नै इन्ज्वोय गर्ने ।’ दिपेन्द्राले दिपाश्रीमा कामका लागि मात्र काम गर्ने सोच आफुले नपाएको समेत बताएका छन् । केही कमी कमजोरीहरु समय अभावका कारण पनि देखिन गएको भन्दै दिपेन्द्रले दिपक–दिपाको टिम नै कामलाई लिएर सिरियस हुँदै आएको बताएका छन् ।

दिपेन्द्रको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’मा यही असोज २४ गतेबाट प्रदर्शन हुदैछ । चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुस्पा भट्टलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले हाम्रै समाजमा हामीले देखे भोगेकै कथा उठान गरेको बताइएको छ । कथा भन्ने क्रममा तयार पारिएका हरेक पात्रले पनि नेपाली समाजलाई नै प्रतिनिधित्व गर्ने निर्देशक दिपेन्द्रको भनाई छ । तर, क्यारेक्टरमा छुट्टा छुट्टै मेटाफारको प्रयोग भने गरिएको छैन ।

रोहित अधिकारीले निर्माण गरेको चलचित्र दिपक–दिपाको प्रस्तुति हो । चलचित्रमा हरि हुमागाईको छायाँकन रहेको छ । दिपक–दिपाको चलचित्रमा पहिलो पटक हरिले काम गरेका कारण पनि अघिला चचित्रको भन्दा भिन्न लुक्स आएकोमा निर्देशक ढुक्क छन् । त्यसका अलवा छक्का पञ्जा सिरिजमा भन्दा कलाकारको अभिनयलाई पनि अझ रियालिष्टिक बनाएको उनको भनाई छ ।