Chha Maya Chhapakkai

UA 145 mins Feature Film ComedyOct 11, 2019Hall Release

News

‘छ माया छपक्कै’को फस्टलूक पोस्टर सार्वजनिक

लेन्सनेपाल २०७६ भाद्र १०
‘छ माया छपक्कै’को फस्टलूक पोस्टर सार्वजनिक

दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीलाई प्रस्तुत गर्दै चलचित्र ‘छ माया छपक्कै’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर छक्का पञ्जा रिसिजको फ्लेवरमा तयार गरिएको छ ।

रोहित अधिकारीले निर्माण रहेको चलचित्र दीपक-दीपाको प्रस्तुति हो । दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश अधिकारीलगायतका कलाकारको पनि अभिनय रहेको छ । दशैँ रिलिजको लक्ष्य राखेको चलचित्रको फस्टलुकमा डेट भने उल्लेख गरिएको छैन । 

निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा, अभिमन्यु निरबी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालको संवाद रहेको छ ।

जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरी (भान्जा), ताराचन्द बजगाईं (निशान), केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगी सह निर्माता हुन् ।