Chha Maya Chhapakkai
UA 145 mins Feature Film ComedyOct 11, 2019Hall Release
News
१७ दिनमा ‘छ माया छपक्कै’को व्यापार १२ करोड
बक्स अफिसमा दबदबा कायम राखेको चलचित्र ‘छ माया छपक्कै’ले १२ करोडको व्यापार गरेको छ । प्रदर्शन भएको १७ दिनमा १२ करोडको व्यापार गरेको हो ।
निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै १५ करोडको व्यापार गर्ने अनुमन समेत गरेका छन् । चलचित्रको नाम र व्यापार भन्ने कुरा कतै उल्लेख नभए पनि रोहितको उक्त स्टाटस् ‘छ माया छपक्कै’को व्यापार सम्बन्धि हो भनेर बुझ्न गाह्रो छैन । उनले लेखेका छन् – ‘जे होस १२ पुग्न १७ दिन लाग्यो अन्तिम बिन्दु १५ सम्म पुग्ने अनुमान...’
दिपेन्द्र लामा निर्देशित चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आएको थियो । अहिले पनि मल्टिप्लेक्सहरुमा चलचित्रलाई प्राप्त शोहरु हाउसफुल भइरहेका छन् । तिहारको बिदामा चलचित्रले निकै आक्रामक व्यापार समेत गरेको छ ।
चलचित्रमा दिपकराज गिरी, ककी अधिकारी, केदार घिमिरे, जितु नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।
पानी भित्र घुसेको राजनीति र राजनीति भित्र मौलाएको प्रेमलाई मुख्य विषय बनाइएको चलचित्रले दर्शक र समिक्षक दुबैबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



