Chauka Dau
PG 110 mins Feature Film ComedyJan 11, 2019Hall Release
News
बिकास बोर्डको निर्देशनको धज्जी उडाउँदै पूर्वअध्यक्ष बासकोटा ! गल्ति स्वीकार्दै सुधार्ने प्रतिवद्धता
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजित बासकोटाले बोर्डकै नियमको धज्जी उडाएका छन् । बोर्डको वेवसाइटमा राखिएको जानकारी अनुसार चलचित्र चौका दाउका निर्माता हुन शम्भुजित बासकोटा । बासकोटाले निर्माण गरेको चलचित्र चौका दाउ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

चलचित्र प्रदर्शनमा आएसँगै शहरका विभिन्न स्थानमा चौका दाउको पोष्टर टासिएको छ । हुन त काठमाडौं माहानगरपालिकाले शहरका भित्तामा चलचित्रको पोष्टर टास्न बर्जित गरेको छ । तर, यतिबेला यो प्रसंगमा नभई बोर्डको नियमको वेवास्ता बारेको प्रसंगमा हामी कुरा गर्दैछौं । चौका दाउको पोष्टरमा रक्सीको बोतल राखि बिज्ञापन गरिएको छ । चलचित्र बिकास बोर्डले दिने चलचित्र निर्माण इजाजत पत्रमा भने पोष्टरमा सुर्तिजन्य र मदिराजन्य वस्तुको बिज्ञापन नगर्ने उल्लेख गरिएको हुन्छ ।

चलचित्र बिकास बोर्डले जारी गर्ने निर्माण इजाजत पत्रको नमुना
२०७४ फागुन १० मा चलचित्र चौका दाउ बिकास बोर्डमा दर्ता भएको हो । चलचित्र बिकास बोर्डले चलचित्र निर्माण इजाजत पत्र दिदा ‘इजाजत पत्र प्राप्तकर्ताले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली २०५७ (संसोधन सहित) बमोजिम पालना गर्नुपर्ने शर्तहरुको अधिनमा रही निर्माण कार्य गर्नुहुन जानकारी गराइन्छ’ उल्लेख गरिएको हुन्छ । जहाँ ५ शर्तहरु पालना गर्नुपर्ने उल्लेख छ । जसमा पहिलो नम्बरमा नै चलचित्रको पोष्टरमा सुर्तिजन्य र मदिराजन्य वस्तुको बिज्ञापन नगर्ने उल्लेख गरिएको छ । तर, पूर्वअध्यक्षले नै निर्माण गरेको चलचित्रमा उक्त नियमको बेवास्ता गरिएको छ । जसलाई सामान्य रुपमा भने लिन सकिदैन । बासकोटाले २०६१ साल बैशाख १० गतेबाट २०६२ साल पौष १० गतेसम्म बोर्डको नेतृत्व गरेका थिए । उनकै पालामा चलचित्र बिकास बोर्डको भवन समेत बनेको हो । बोर्डका सफल अध्यक्षका रुपमा चिनिएका बास्कोटाले नै यतिबेला बोर्डलाई ठाडो चुनौति दिदै नियमको धज्जी उडाएका हुन् ।
के भन्छन् बासकोटा :
पूर्वअध्यक्ष जस्तो मान्छेले बोर्डको निर्देशन वा नियमलाई पालना गराउन अहम् भुमिका खेल्नु पर्ने हो तर, बासकोटाको निर्माण कम्पनीले बोर्डको निर्देशन अबज्ञा गरेको छ । यसबारे बासकोटासँग प्रतिक्रिया माग्दा उनले पोष्टर निर्माण कार्य निर्देशक पुर्णेन्द्रु झा र वितरक गोपालकाजी कायस्थले सम्हालेको बताए । तर, बोर्डको पूर्वअध्यक्षले अरुलाई दोष दिएर पन्छिने कि गल्ति स्वीकार्ने भन्ने प्रश्नमा भने उनले आफ्नो गल्ति स्वीकार गरेका छन् । उनले आफुले रक्सिको बोतल राखिएको थाहा नपाएको भन्दै तुरुन्त त्यस्ता पोष्टर हटाउन निर्देशन दिने प्रतिवद्धता जनाएका छन् । उनले आफुले बोर्डको नियमको सम्मान गर्ने प्रतिवद्धता सहित यसबारे सबै सचेत हुनुपर्नेमा जोड समेत दिएका छन् । बासकोटाले भोलि सम्ममा त्यस्ता पोष्टर शहरबाट हट्ने जनाएका छन् । यद्यपी बासकोटाले पनि यसरी मदिराजन्य बस्तुको बिज्ञापन गरिनु आपत्तिजनक कुरा भएको जनाएका छन् ।
बासकोटासँगको कुराकानी पछि हामीले वितरक कायस्थलाई सम्पर्क गर्ने प्रयास गर्यौं । उनी शनिबार थाइल्याण्ड गएकोले सम्पर्क हुन सकेन । यता निर्देशक झाले भने रक्सिको बिज्ञापन आपत्तिजनक भएको स्विकारे ।

के छ कानुनी व्यवस्था
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ मा स्पष्टसँग सजाय र पुनराबलोकनको समेत व्यवस्था गरिएको छ । जसको १२ नम्बर बुँदामा उल्लेख छ :
१२. सजाय र पुनरावेदन :
(१) यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँसम्म जरीवाना गरी निजले पाएको इजाजतपत्र समेत खारेज गर्न सक्नेछ ।
(२) कसैले यस ऐन बमोजिम इजाजतपत्र नलिई चलचित्र निर्माण, प्रदर्शन वा वितरण गरेमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो व्यक्तिलाई उपदफा (१) मा लेखिए बमोजिम जरीवाना गरी त्यस्तो चलचित्र र सो चलचित्र निर्माण, प्रदर्शन वा वितरण गर्दा प्रयोग गरिएका उपकरणहरु समेत जफत गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम प्रमुख जिल्ला अधिकारीले दिएको आदेश उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्नेछ ।

यो व्यवस्था अनुसार चलचित्र चौका दाउका निर्मातालाई पाँच हजार रुपैयाँसम्म जरीवाना गरी निजले पाएको इजाजतपत्र समेत खारेज गर्न सकिने छ ।
के भन्छन् बोर्ड सदस्य
बोर्डको निर्देशन बिपरित पोष्टरमा रक्सीको बोतल राखिएपछि हामीले यसबारेमा बोर्ड अध्यक्ष निकिता पौडेलसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । तत् पश्चात हामीले बोर्ड सदस्य दयाराम दाहालसँग प्रतिक्रिया मागेका थियौं । उनले यस अघि पनि यता क्रियाकलाप देखिएकोले यस बारेमा बोर्ड बैठकमा कुरा उठिसकेको र आगामी बैठकमा के गर्ने भन्ने बारे निर्णयमा पुगिने बताएका छन् । उनले कारबाही के गर्ने भन्ने बारेमा भने कानुनी सल्लाहकारसँग सल्लाह गरेर मात्र भन्न सकिने् जनाए । यद्यपी आम निर्मातालाई जस्तै बोर्डका पदाधीकारी वा पूर्व पदाधीकारीलाई पनि नियम समान रुपमा लागु हुने जनाएका छन् ।

New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



