Chauka Dau

PG 110 mins Feature Film ComedyJan 11, 2019Hall Release

News

चलचित्र ‘चौका दाउ’को गीत ‘मेरो माया कतारमा’ सार्वजनिक

लेन्सनेपाल २०७५ कार्तिक १५
चलचित्र ‘चौका दाउ’को गीत ‘मेरो माया कतारमा’ सार्वजनिक

चलचित्र ‘चौका दाउ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘मेरो माया कतारमा’ बोलको गीतमा सन्तोष पन्त, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, वर्षा राउत, सोनिका केसीलगायतका कलाकारले नृत्य गरेका छन् ।

शम्भुजीत बास्कोटाको संगीत, श्रीपुरुष ढकालको शब्द तथा संगीतकार बास्कोटा र सुमन गुरुङको स्वर रहेको गीतको कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका हुन ।
सौर्यजीत प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा सौर्यजीत बास्कोटा र मनोजराज भण्डारीको लगानी रहेको छ । चलचित्रले पौष २७ लाई आफ्नो अफिसियल रिलिज डेट घोषणा गरेको छ ।

चलचित्रमा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायाँकन, मित्र डि. गुरुङको सम्पादन रहेको छ । चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् ।