Chapali Height 3
Feature Film Action, DramaJan 14, 2022Hall Release
News
फेरि पनि दुई साता पछि सर्यो ‘चपली हाइट ३’
चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति फेरी पनि पछि सरेको छ । यसअघि पुष २ हुँदै पुष १५ गतेबाट प्रदर्शन हुने भनिएको यो चलचित्र अब पुष ३० गतेबाट मात्र प्रदर्शन हुने भएको छ ।
पुष २ मा साउथ चलचित्र ‘पुष्पा’ को हिन्दी डब र अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ नेपालमा प्रदर्शन हुने पक्का भएपछि ‘चपली हाइट ३’ दुई साता पछि सरेको थियो । अहिले भने एकै साता दुई नेपाली चलचित्र रिलिज गर्न नपाइने चलचित्र संघको निर्णयका कारण यो चलचित्र पछि सर्न बाध्य भएको हो ।
आइतबार नेपाल चलचित्र संघको कार्यालयमा चलचित्र विकास बोर्ड, चलचित्र संघ र ‘चपली हाइट ३’ निर्माणपक्षबीच भएको छलफलमा निर्माता अर्जुन कुमार आफ्नो फिल्मको रिलिज पछि सार्न तयार भएका हुन् ।
निकेश खड्का निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको यो चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



