Bulbul
Feature Film Feb 15, 2019Hall Release
News
चलचित्र ‘बुलबुल’लाई बोर्डको पत्र, नेपाली समाजमा अपाच्य सम्बाद हटाउनु
चलचित्र ‘बुलबुल’को ट्रेलरमा समावेश गरिएका केही सम्बादहरु अश्लिल भएको भन्दै जनस्तरबाटै आलोचना भइरहदा सूचना तथा सञ्चार प्रबिधि मन्त्रालयले यसबारे चासो देखाएको छ । मन्त्रालयको श्रव्यदृष्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई पत्र लेखि त्यस्ता शव्द एवं सम्वादहरु अविलम्ब हटाउन लगाउन निर्देशन दिएको छ ।
माघ ७ गते बोर्डलाई पठाएको पत्रमा भनिएको छ – ‘बोर्डबाट निर्माण इजाजत लिई निर्माण गरिएको चलचित्र बुलबुलको ट्रेलर भनि युट्युबलगायत सामाजिक सञ्जालहरुमा नेपाली समाजमा अपाच्य, अश्लिल र भद्धा किसिमका शव्द एवं सम्बादहरु अपलोड गरी सञ्चालनमा रहेको पाइएकोले उक्त ट्रेलरका उल्लेखित शव्द एवं सम्वादहरु अविलम्ब हटाउन लगाई यस मन्त्रालयमा जानकारी दिनु हुन आदेशानुसार अनुरोध छ ।’
शाखा अधिकृत भरत प्रसाद आचार्यद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेखित निर्देशन पालना गर्दै बोर्डले त्यसको ३ दिनपछि बुलबुल निर्माण कम्पनिका नाममा पत्र पठाएको छ । माघ १० गते निर्माण कम्पनि अवेकन प्रोडक्सन प्रा.लि.को नाममा पठाइएको पत्रमा त्यस्ता सम्बादहरु नहटाए चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावलि बमोजिम कारबाही गर्ने समेत जानकारी गराएको छ । बोर्डले भनेको छ – ‘त्यस प्रा.लिद्वारा निर्माणधीन नेपाली डिजिटल चलचित्र बुलबुलको ट्रेलर भनि युट्युब लगायत सामाजिक सञ्जालहरुमा नेपाली समाजमा अपाच्य, अश्लिल र भद्धा किसिमका शव्द एवं सम्बादहरु अपलोड गरी सञ्चालनमा रहेको पाइएकोले उक्त ट्रेलरका उल्लेखित शव्द एवं सम्वादहरु अविलम्ब हटाइ सोको लिखित जानकारी बोर्ड समक्ष दिनुहुन निर्देशानुसार जानकारी गराइन्छ । अन्यथा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावलि, २०५७ (संसोधन) बमोजिम कारबाही गरिने व्यहोरा समेत निर्देशानुसार जानकारी गराइन्छ ।’
बोर्डले त्यस्ता शव्द एवं सम्वादहरु अविलम्ब हटाइ लिखित जानकारी दिन निर्देशन दिए पनि १० दिन बिति सक्दा समेत निर्माण कम्पनिले त्यसको जवाफ दिएको छैन । निर्माण अधिकृत हरिसिंह रैखौलाले आज सम्म लिखित जानकारी प्राप्त नभएको र सोही पत्रमा कारबाही गर्ने जानकारी गराइसकेकोले लिखित जानकारी प्राप्त नभए कारबाही गरिने बताएका छन् । यता शनिबार चलचित्रको दोस्रो गीत रिलिज कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक बिनोद पौडेलले बोर्डको पत्र स्वीकार गर्दै हल ट्रेलरमा विप लगाएको र टेलिभिजनका लागि अर्को ट्रेलर बनाएको बताएका छन् । उनले बोर्डको पत्रमा भनिए झै युट्युब लगायत सामाजिक सञ्जालहरुमा अपलोड गरीएको ट्रेलरका बारेमा भने केही बताएनन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




