Basanta

Feature Film Social DramaApr 04, 2025Hall Release

News

‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

लेन्सनेपाल २०८१ पौष २७
‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

गायक प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्ति श्री परियार र गायक तथा संगीतकार सपुतको सुन्न सकिन्छ ।

मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतमा गायक तथा निर्देशक प्रकास सपुतले बागलुङ जिल्ला आसपासमा परिचित यानिमाया, सालैजो र घाँसदाउरा अनि मेलापातमा प्रयोग हने टिपिकल ग्रामिण परिवेश देखाएका छन् । जसले दर्शकको मन जित्ने देखिन्छ । गीतको भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् ।

‘वसन्त’ निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको हो । चलचित्रमा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्र निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् ।