Balidan
PG Feature Film ActionSep 29, 2025Hall Release
News
‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ फूलपातिमै रिलिज हुने
जेनजी आन्दोलनका कारण चलचित्रको रिलिज अस्तब्यस्त भएको छ । ६ दिन देखि बन्द भएका हलहरु सञ्चालनमा आएसँगै रिलिज क्यालेण्डरबारे चर्चा हुन् थालेको छ ।
आन्दोलनका कारण ‘अभिमन्यू’ र ‘जारी’को रिलिज स्थगित भइसकेको छ । यही बिचमा दशैको फूलपातिमा रिलिज हुने भनिएका ३ चलचित्रको प्रदर्शन प्रति चासो देखिन्छ । फूलपातिमा रिलिज तय भएका ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’का निर्माताले निर्धारित मितिमै चलचित्र प्रदर्शन हुने जनाएका छन् ।
‘हरिबहादुरको जुत्ता’ फूलपातीमै रिलिज गर्ने हाम्रो तयारी यथावत् छ’, निर्माता सरोज वलीले भने, ‘हामीले चलचित्रको प्रचार प्रसार समेत रोकेका छैनौँ ।’
दीपेन्द्र के. खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।
त्यस्तै निर्माता सन्तोष सेनले चलचित्र ‘बलिदान’ फूलपातीमै रिलिज हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले चलचित्रको प्रचार गर्दै लेखेका छन्, ‘‘बलिदान’ ट्रेलरले कतिसम्म मातृभूमि प्रेमीको खुन उमाल्छ भन्ने सीमा छैन। यो दसैँमा ज्यान बलिदान ।’
सन्तोषकै निर्देशन रहेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ ।
यस्तै चलचित्र ‘माइतीघर’का निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल मार्फत चलचित्र आगामी फूलपाती अर्थात् असोज १३ मै रिलिज हुने जनाएका छन् । उनले चलचित्रको टिकटक प्रचार समेत सोमबार बाटै सुरु भएको जनाएका छन् ।
मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा रविन शेरचन र धिरज तामाङको पनि लगानी छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन् ।
रोहित अधिकारीको प्रस्तुति रहेको चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारको अभिनय छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



