Balidan
PG Feature Film ActionSep 29, 2025Hall Release
News
‘बलिदान’को ट्रेलर सार्वजनिक, देशभक्तिको कथा
चलचित्र ‘बलिदान’को ट्रेलर सार्वजनिक गरिएको छ । संविधान दिवसको अवसर पारेर शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको चलचित्रले एक छोराले आमा र देशको रक्षाका लागि गर्ने लडाइँको कथा पेश गर्ने संकेत ट्रेलरले दिएको छ । ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।
ट्रेलरको केन्द्रमा अभिनेता समीर भट्ट छन् भने अभिनेत्री ऋचा शर्मा भने उनकी आमाको भूमिकामा देखिएकी छन् । उनले बोल्ने प्रत्येक सम्बादले दर्शकलाई देशभक्ति र क्रोधको गहिरो भावनामा डुबाउँछ । ट्रेलरमा अर्पण थापा, सौगात मल्ल, सन्तोष सेन र महेन्द्र बुढाथोकीलगायतका कलाकारलाई पनि स्थान दिइएको छ । सौगात र समीरबीच द्वन्द्वका दृश्य पनि ट्रेलरमा देख्न सकिन्छ । अर्पण नेताको भूमिकामा प्रस्तुत छन् ।
चलचित्रको प्रोडक्सन भ्यालु निकै उच्च देखिन्छ । सन्तोष सेनले कुनै कम्प्रोमाइज्ड नगरि चलचित्र बनाएको ट्रेलरमा देखिन्छ । यस्तै डायलग, एक्सन, ब्याकग्राउन्ड स्कोर र छायांकन पक्ष पनि बलियो देखिएको छ ।
आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको ‘बलिदान’मा प्रेम पुरी, कविता राय, कामेश्वर चौरासिया, जीवन बराल, प्रजल दुलाल लगायतको पनि अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । फूलपाती अवसर पारी असोज १३ मा चलचित्र प्रदर्शन हुँदैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



