Bahaab
UA 105 mins Feature Film Family DramaApr 07, 2023Hall Release
News
‘बहाव’को प्रिमियर सम्पन्न, नेतादेखि कलाकार सम्मले गरे तारिफ
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को बुधबार राजधानीको वान सिनेमाज्मा प्रिमियर गरिएको छ । चलचित्रले प्रिमियरमा उपस्थित नेतादेखि कलाकार सबैबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा एमाले सांसद पदम गिरीले चलचित्रले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए । उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसकिरहेको अवस्थामा ‘बहाव’ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे । यस्तै एमाले सांसद रघुजी पन्तले यसको विषयवस्तु, कलाकारको अभिनयले केही सोच्न वाध्य बनाउने बताए । चलचित्र हेर्न काँग्रेसका सांसद प्रदीप पौडेल पनि हलमा पुगेका थिए ।
प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा नायिका सुरक्षा पन्त र कलाकार कमलमणी नेपालले छोरी र बाबुको भूमिका निर्वाह गरेका छन् । श्रीधर पौडेलको निर्माण रहेको चलचित्र हेरेर निस्किएकी कलाकार लुनिभा तुलाधरले यसको कतिपय दृश्यमा आफू गम्भीर भएको बताइन् । उनले, चलचित्रका कतिपय दृश्य आफूसँग जोडिएको महशुश गरेको पनि बताइन् ।
चलचित्र हेरेका अधिकांश सञ्चारकर्मीहरुले पनि चलचित्रको तारिफ गरेका छन् । चलचित्र शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदै छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





