Babari

Feature Film Love StorySep 30, 2022Hall Release

News

‘बाबरी’को ‘मायाका रंगहरु’ सार्वजनिक

लेन्सनेपाल २०७९ भाद्र ३०
‘बाबरी’को ‘मायाका रंगहरु’ सार्वजनिक

आगामी असोज १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘बाबरी’को ‘मायाका रंगहरु’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सनुप पौडेल र रचना रिमालको स्वर छ र कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । चलचित्रमा धिरज मगर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुतीमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सहनिर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेलले नै लेखका हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।