Babari

Feature Film Love StorySep 30, 2022Hall Release

News

‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक

लेन्सनेपाल २०७९ आषाढ २३
‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक

आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड गरिएको छ ।

सुजन चापागाईको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना रहेको गीतमा संगीतकार चापागाई र सुनिता थेगिमकको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न पाइन्छ । बाबरी रंगले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि निर्माण टिम चलचित्रको सार्वजनिक यो गीतले दर्शकको मन जित्नेमा विश्वस्त देखिन्छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । चलचित्र आगामी भाद्र ३१ गतेबाट नेपालभर रिलिज हुनेछ । चलचित्रमा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुतीमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सहनिर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेलले नै लेखका हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।