Babari

Feature Film Love StorySep 30, 2022Hall Release

News

‘बाबरी’ प्रदर्शन, प्रिमियरमा मिल्यो सुखद प्रतिक्रिया

लेन्सनेपाल २०७९ असोज १४
‘बाबरी’ प्रदर्शन, प्रिमियरमा मिल्यो सुखद प्रतिक्रिया

बडा दशैंको अवसर पारेर शुक्रवारबाट चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ । दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा धिरज मगर, धिरज नाड्कर, अदिती बुढाथोकीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

प्रदर्शनको पूर्व सन्ध्यामा चलचित्रको प्रिमियर गरिएको छ । बिहिबार साँझ राजधानीको बिग मुभिजमा आयोजित प्रिमियर शोमा चलचित्र हेरेका चलचित्रकर्मी र पत्रकारबाट यसले सुखद प्रतिक्रिया बटुलेको छ । चलचित्र रमाइलो बनेको भन्दै दर्शकको मन जितनेमा चलचित्रकर्मीहरु आशाबादी देखिए ।

प्रियिमरमा उपस्थित अधिकांश पाहुनाले ‘बाबरी’बाट नेपाली चलचित्रमा डेब्यू गरेका धिरज नाडकरको अभिनयको प्रशंसा गरेका थिए भने अर्का धिरज मगरको अभिनयले पनि प्रशंसा बटुलेको छ ।

‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा चलचित्रले दशैंको एक हप्ता लामो विदाको फाइदा पनि उठाउन सक्नेछ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाई र अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित चलचित्रमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।