Baadshah Jutt

Feature Film Drama, Love StoryNov 01, 2019Hall Release

News

‘बादशाह जुट’मा अडिएको शुशिलको आशा

लेन्सनेपाल २०७६ कार्तिक १४
‘बादशाह जुट’मा अडिएको शुशिलको आशा

अभिनेता शुशिल श्रेष्ठको आशा ‘बादशाह जुट’मा अडिएको छ । शुक्रबारबाट प्रदर्शन हुने चलचित्रले दर्शकको मन जित्नेमा उनी विश्वस्त छन् । बक्स अफिसमा फेरी एकपटक सफलताको झण्डा फहराउने सोचमा रहेका शुशिल चलचित्रलाई लिएर उत्साहित देखिन्छन् ।

आफुले बिगतमा गरेका चलचित्र भन्दा नितान्त फरक भुमिकामा काम गरेका कारण पनि थप उत्साहित भएको उनको भनाई छ । ‘बादशाह जुट’मा निभाएको जस्तो क्यारेक्टर आफुले विगतमा पनि नपाएको र भविष्यमा पनि पाउने आशा छैन उनलाई । त्यसैले पनि अन्य चलचित्रको तुलनामा निकै मेहनत गरेको बताउँछन् ।

लभरव्यायसँगै एक्सन भुमिकामा देखिएका शशिलले चलचित्रमा पत्रकारको भुमिकामा काम गरेका छन् । आफुलाई बादशाह ठान्ने दुई पात्रको वरिपरि चलचित्रको कथा घुमेको छ । जसमध्येको एक पात्र हो शुशिलको । शुशिल यो पात्रलाई न्याय गर्न केही नजिकका पत्रकारहरुसँग सल्लाह समेत गरेको बताउँछन् । मिडिया हाउसमा इन्टन गरिरहेको पत्रकार पात्र भएकोले यसले पत्रकारको कथा भने नभन्ने उनको स्पष्टोक्ति छ ।

निर्देशक जोनी सिंह राणा पनि चलचित्रले पत्रकारका पेशागत मर्यादा र सम्मानमा कुनै दखल नपुर्याउने जनाउँछन् । चलचित्रमा सुशीलका अलवा आमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ । भने, प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन ।

चलचित्रलाई हर्क बहादुर कुँवर र भोज राज श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, उत्तम हुमागाईको छायाँकन, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ ।