Baadshah Jutt
Feature Film Drama, Love StoryNov 01, 2019Hall Release
News
रिलिज डेट तय गर्दै ‘बादशाह जुट’को पोस्टर सार्वजनिक
रिलिज डेट तय गर्दै चलचित्र ‘बादशाह जुट’को पोस्टर सार्वजनिक गरिएको छ । एक्सन जनराको यो चलचित्र अब भने कार्तिक १ गते रिलिज हुनेछ ।
गत सालको पुष १३ गते रिलिज हुने भनिएको चलचित्र बिभिन्न कारणबस प्रदर्शन हुन सकेको थिएन । झन्डै १० महिनाको पर्खाइ पश्चात निर्माण टिमले नयाँ रिलिज चुनेको हो । निर्देशक जोनी सिंह राणाले भनेका छन् – ‘प्राविधिक काम सबै सकिएको छ । रिलिजको लागि तयार छौँ । कार्तिक १ को डेटमा आउन हामीलाई कुनै बाधाअड्चनले रोक्दैन ।’
निर्देशक राणाकै कथा रहेको चलचित्रमा शुशिल श्रेष्ठ, आमिर गौतम, रोबिन तामाङ, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।
अभिषेक शशि कुमारको लेखन रहेको चलचित्रमा कृष्ण भारद्वाजको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, उत्तम हुमागाईको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।
एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



