Baadshah Jutt

Feature Film Drama, Love StoryNov 01, 2019Hall Release

News

फ्राइडे रिलिज : ‘बादशाह जुट’

लेन्सनेपाल २०७६ कार्तिक १५
फ्राइडे रिलिज : ‘बादशाह जुट’

फ्राइडे रिलिज अन्र्तगत आजबाट चलचित्र ‘बादशाह जुट’ प्रदर्शनमा आएको छ । यो चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । यद्यपी यसअघि नै प्रदर्शन भएका चलचित्रहरु ‘छ माया छपक्कै’ र ‘पोइ पर्‍यो काले’ले बक्स अफिसमा आफ्नो पकड कायमै राखेका कारण ‘बादशाह जुट’ले सोलो रिलिजको सम्पूर्ण फाइदा उठाउन भने पाउने देखिदैन ।

चलचित्रमा आफुलाई बादशाह मान्ने दुई पात्रलाई पत्रकार र पुलिसका रुपमा देखाइएको छ । अभिनेता सुशील श्रेष्ठले पत्रकार र अर्का अभिनेता आमिर गौतमले पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् । उनीहरुका अलवा चलचित्रमा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।

मुम्बईमा चलचित्र मेकिङ्ग पढेर आएका जोनी सिंह राणाले निर्देशन गरेको चलचित्रलाई हर्क बहादुर कुँवर र भोज राज श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । एच एण्ड बि फिल्मस् प्रा. ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्धन्द्व, उत्तम हुमागाईको छायांकन, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ ।