Appa
Feature Film Jun 28, 2019Hall Release
News
बिर्खे ड्राइभर बने दयाहाङ राई, ‘आप्पा’ नेपाल सहित भारतमा पनि रिलिज हुने
कलाकार दयाहाङ राईले चलचित्र ‘आप्पा’ दर्जलिङदेखी सन्दकपुर सम्मको यात्राको कथा रहेको बताएका छन् । उनले चलचित्रमा आफ्नो भूमिका बिर्खे नाम गरेको एक ड्राईभरको रहेको र त्यही ड्राईभरको वरीपरी नै कथा घुमेको खुलाए । एउटा ड्राईभरले गाडी चलाउँदा केके भोग्न पर्छ भन्ने कथा चलचित्रले उठान गरेको दयाहाङले बताएका छन् । मोफसल प्रमोशनल टुरमा रहेको निर्माण टिमले चितवनको नारायणघाटमा आयोजित पत्रकार सम्मेलनका बिच दयाले उक्त कुरा बताएका हुन् ।
त्यसो त सोही कार्यक्रममा चलचित्र नेपाल सहित भारतका केही शहरहरुमा एकसाथ प्रदर्शनमा आउने जानकारी समेत दिइएको छ । निर्देशक अनमोल गुरुङका अनुसार असार १३ गतेबाट प्रदर्शन हुने चलचित्र ‘आप्पा’ नेपाल सँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन हुने छ । उनले लामो समय पछी नेपाली चलचित्र सेम डे भारतमा पनि रिलिज हुन लागेको बताए । ‘आप्पा’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जलिङ, सिलोङलगायतका शहरहरुमा प्रदर्शनमा आउने जनाइएको छ । निर्देशक गुरुङले पत्रकार भेटघाटमा ‘आप्पा’ राम्रो चलचित्र बनेकोले एक पटक हेरेर प्रतिकृया दिन दर्शकलाई आग्रह समेत गरेका छन् ।
बाबु छोराको सम्बन्धको कथा भन्ने चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा रुदेन सादा लेप्चाको लगानी रहेको छ । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा निर्देशक गुरुङकै कथा, गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, निर्देशक गुरुङ र शैकात देवको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



