Anjila
Feature Film Biopic, SportsMar 13, 2025Hall Release
News
९८औं अस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस
९८औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि नेपालबाट चलचित्र ‘अञ्जिला’ सिफारिस भएको छ । सन् २०२६ मा हुने अवार्डका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्रको विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको हो ।
द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।
समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र 'गुन्यु चोलो - द ड्रेस' र 'अञ्जिला' प्राप्त भएका थिए । दुवै चलचित्रको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर 'अञ्जिला' लाई छनोट गरिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



