Agastya (Chapter 1)

Feature Film ActionMar 01, 2024Hall Release

News

चलचित्र ‘अगस्त्य’को प्रदर्शन शुरु

लेन्सनेपाल २०८० फागुन १८
चलचित्र ‘अगस्त्य’को प्रदर्शन शुरु

सौरभ चौधरीको निर्देशन रहेको चलचित्र ‘अगस्त्य’ आजबाट प्रदर्शन भएको छ । चलचित्रले मल्टीप्लेक्सहरुमा उच्च शो पाएको छ । चलचित्रका प्रचार सामग्रीले हाइप क्रियट गर्नुका साथै कलाकारको बलियो लाइनअपका कारण चलचित्र प्रति धेरैको चासो देखिन्छ । ‘वर्ड अफ माउथ’ बलियो भएमा चलचित्रले राम्रो ब्यापार गर्ने प्रक्षेपण गरिएको छ ।

नेपालको तराई क्षेत्र र भारतको गोरखपुरमा छायांकन गरिएको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्गदेल, बेन बस्नेत लगायतको अभिनय छ भने निश्चल बस्नेत केमियो भूमिकामा छन् ।

अभिनेता सौगात मल्ल एक्सन अवतार र मानसिक सन्तुलन गुमेको चरित्रमा प्रस्तुत छन् । दर्शकलाई हलमा आकर्षित गर्ने यही ठूलो आधार मानिएको छ ।

निर्देशक चौधरी स्वयंको लेखन रहेको चलचित्रका निर्माता प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल हुन् । यस्तै कार्यकारी निर्मातामा विश्व गौचन र अभिषेक चौधरी रहेका छन् ।