Agastya (Chapter 1)
Feature Film ActionMar 01, 2024Hall Release
News
सौगात अभिनित ‘अगस्त्य’ फागुन १८ मा प्रदर्शन हुने
चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । नायक सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै फागुनको १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा सौगात ‘सौर्य’ पात्रको रुपमा चित्रित छन् । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनको एक्सन देख्न सकिन्छ । अर्को लुक्समा भने उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ । यी दुबै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्ने निश्चित छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्रका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए । चलचित्रका लागि सौगात मल्लले गरेको मिहिनेत पोष्टरमा प्रष्ट छल्किएको छ ।
चलचित्रमा सौगातको साथमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो । चलचित्रमा संजय लामाको छायांकन छ ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्र कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



