Aandhi Tufan 2
Feature Film ActionFeb 10, 2023Hall Release
News
माघ २७ मा ‘आँधी तुफान २’
चलचित्र ‘आँधी तुफान २’को प्रदर्शन मिति तय गरिएको छ । गत साउन २० गतेका लागि तय भएर स्थगित गरिएको चलचित्रको प्रदर्शन माघ २७ गतेबाट हुने निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिएका छन् ।
चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई समात्ने सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि चलचित्रमा निर्माण गरिएको छ । मदन घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र २००७ को चलचित्र ‘आँधी तुफान’को सिक्वेल हो ।
चलचित्रमा आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपालीलगायतको अभिनय छ ।
चलचित्रमा रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको गीतमा कोरियोग्राफी, अचुत गजुरेलको भिएफएक्स, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको गायन छ भने मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





