Aama

Feature Film Feb 21, 2020Hall Release

News

केशव भट्टराइको परिवारलाई ‘आमा’को सहयोग

लेन्सनेपाल २०७६ फागुन ५
केशव भट्टराइको परिवारलाई ‘आमा’को सहयोग

चलचित्र ‘आमा’का तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । 

चलचित्रका तर्फबाट निर्माता शर्मिला पाण्डे, निर्देशक दिपेन्द्र के. खनाल, अभिनेत्री मिथिला शर्मालगायतले भट्टराइकी पत्नी नीता भट्टराईलाई नगद १ लाख १ हजार सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै निर्माता पाण्डेले आफु पनि एउटी आमा भएकाले आमाको मर्म बुझेको भन्दै स्वर्गीय भट्टराईको परिवारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरेकी छिन । सहयोग रकम बुझ्दा स्व. भट्टराईकी श्रीमती भावुक भएकी थिइन् । 

भट्टराईको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसँगै अहिले चलचित्रकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् ।

यसैबिच ‘छक्का पञ्जा’ टिम अर्थात् दीपकराज गिरी समुहले पनि स्वर्गीय भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । दीपकराजले फेसबुकमा एक स्टाटस लेख्दै स्व. भट्टराईको परिवारको आर्थिक अवस्था टिठलाग्दो रहेको सुन्दर दुख लागेको बताएका छन् । उनले आफुहरुको तर्फबाट १ लाख ११ हजार नगद सहयोग गर्ने निर्णय गरेको जनाएका छन् ।

भट्टराईको गएको मंसिर ३० गते हृदयघातका कारण निधन भएको हो ।