Aama

Feature Film Feb 21, 2020Hall Release

News

‘आमा’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७६ पौष ३
‘आमा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्रको सार्वजनिक ट्रेलरले अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाउन खोजेको छ । ट्रेलरमा देखाइएका पिताको दाहसंस्कार गर्न छोरीले कपाल खौरिएको दृश्य होस् वा सरकारी अस्पतालको अवस्था नै किन नहोस् मन छुने दृष्यहरु प्रयाप्छ देखिन्छन् । ट्रेलर हेर्दा चलचित्र पिताको वरिपरि घुमेको देखिएपनि नामले जस्तै कथाले पनि आमाकै त्याग र समर्पण भन्ने निर्देशक खनालको भनाई छ ।

निर्देशक खनालकै कथा रहेको चलचित्रमा उनकै छायाँकन, दिर्घ खड्काको सम्पादन र सुभाष भुसालको संगीत रहेको छ । चलचित्रमा सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल, सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

डिएस डिजिटलको व्यानरमा निर्मित चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ । चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउने छ ।