Aama

Feature Film Feb 21, 2020Hall Release

News

‘आमा’को पोस्टर सार्वजनिक

लेन्सनेपाल २०७६ असोज १६
‘आमा’को पोस्टर सार्वजनिक

चलचित्र ‘आमा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ पोस्टरमा नायिका सुरक्षा पन्तलाई फोकस गरिएको छ । सुरक्षालाई अर्ध मुण्डन अवस्थामा पोष्टरमा देखाइएको छ भने एक पोष्टरमा आमाको भूमिकामा रहेकी मिथिला शर्माको पिडा प्रस्तुत गरिएको छ ।

आमा र छोरी बीचको सम्बन्धको कथामा निर्माण भएको चलचित्रमा मिथिला र सुरक्षाले आमा छोरीको भुमिकामा काम गेका छन् । निर्देशक दिपेन्द्र के। खनालले पोष्टर सार्वजनिक गर्दै ‘सम्पूर्ण आमाहरु प्रति समर्पित, आमाहरु कै कथा बोकेको चलचित्र’ भनेका छन् ।

चलचित्रमा दिपेन्द्रकै कथा, पटकथा र संवाद रहेको छ । आफ्नो चलचित्र पशुपति प्रसाद जस्तै सबैको मन छुने गरि बनाउने उनको भनाई छ । निर्देशक खनालले यो चलचित्र दर्शक र समीक्षक दुबैलाई मनपर्ने बनाउने प्रतिवद्धता यसअघि नै जनाइसकेका छन् ।

फागुन ९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र डिएस डिजिटलको व्यानरमा निर्माण हुनेछ । चलचित्रमा शर्मिला पाण्डे निर्माता र सन्तोष अधिकारी सहनिर्माताका रुपमा छन् । चलचित्रमा मिथिला र सुरक्षाका अलवा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार अभिनय रहने छ । निर्देशक खनालकै छायाँकन रहने चलचित्रमा भुपेन्द्र खड्काको शव्द, सुवास भुषालको संगीत रहेको छ ।