Aama

Feature Film Feb 21, 2020Hall Release

News

तेस्रो पटक ‘आमा’ बन्दै, ‘पशुपति प्रसाद’ जस्तै उत्कृष्ट बनाउने दिपेन्द्रको भनाई

लेन्सनेपाल २०७६ बैशाख २५
तेस्रो पटक ‘आमा’ बन्दै, ‘पशुपति प्रसाद’ जस्तै उत्कृष्ट बनाउने दिपेन्द्रको भनाई

तेस्रो पटक ‘आमा’ नाममा चलचित्र बन्ने भएको छ । नेपालकै पहिलो चलचित्र ‘आमा’ २०२२ मा प्रदर्शन भएको थियो भने २०५३ सालमा पनि ‘आमा’ नामको चलचित्र प्रदर्शन भएको थियो । पहिलो चलचित्रलाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए भने दोस्रोलाई रेसराज आचार्यले । अब भने तेस्रो पटक यही नाममा चलचित्र बन्न लागेको छ । जसलाई दिपेन्द्र के. खनालले निर्देशन गर्ने भएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमका विच चलचित्र निर्माणको घोषणा गरिएको छ । ‘आमा’ र छोरीको कथा भन्ने चलचित्रको लेखन र छायाँकनको जिम्मेबारी पनि निर्देशक स्वयम्ले नै बहन गर्नेछन् । कार्यक्रममा बोल्दै निर्देशक खनालले दर्शक र समीक्षक दुबैलाई मनपर्ने चलचित्र निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । यसअघि आफुले बनाएको ‘पशुपति प्रसाद’ जस्तै उत्कृष्ट चलचित्र बनाउने उनको भनाई छ ।

चलचित्रमा ‘आमा’को भुमिकामा सुर्यमाला खनाल र छोरीको भूमिकामा सुरक्षा पन्त अनुबन्धित भएका छन् । यसका साथै देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकार पनि अभिनय रहने छ । चलचित्रमा भुपेन्द्र खड्काको गीत रहने छ । जुन गीतलाई ४–५ जना संगीतकारले कक्पोज गर्ने र जसको उत्कृष्ट बन्छ त्यसैलाई समावेश गर्ने जनाइएको छ ।

डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्ने चलचित्रको सहनिर्माता सन्तोष अधिकारी हुन् । चलचित्रको छायाँकन असार दोस्रो साताबाट सुरु हुने र फागुन ९ गते प्रदर्शन हुने जनाइएको छ ।