Aakashe Kheti

Feature Film ComedyMar 11, 2022Hall Release

News

फ्राइडे रिलिज अन्र्तगत ‘आकाशे खेती’ रिलिज

लेन्सनेपाल २०७८ फागुन २७
फ्राइडे रिलिज अन्र्तगत ‘आकाशे खेती’ रिलिज

फ्राइडे रिलिज अन्र्तगत नेपाली चलचित्र ‘आकाशे खेती’ रिलिज भएको छ । उदय सुब्बाको निर्माण तथा निर्देशन रहेको चलचित्रले युवाहरुले विना मिहिनेत पैसा कमाउन देख्ने सपना र तिब्वतियन शरणार्थीको विषयलाई प्रस्तुत गर्नेछ ।

चलचित्रमा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक आफैले तयार पारेका हुन् । चलचित्रको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ ले लेखेका हुन् । 

एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।

यस्तै  आजबाट साउथ डब चलचित्रहरु ‘राधे श्याम’ र ‘इटी’ प्रदर्शनमा आएका छन् । मल्टीप्लेक्समा साउथ डब चलचित्रका कारण नेपाली चलचित्रले न्यून शो पाएको छ । साउथ सुपरस्टार प्रभास अभिनीत चलचित्र हो ‘राधे श्याम’ । अर्को चलचित्र ‘इटी’मा साउथ सुपरस्टार सूर्याको अभिनय रहेको छ ।