A Mero Hajur 4
UA Feature Film Love StoryApr 14, 2022Hall Release
News
‘ए मेरो हजुर ४’को ‘सुन्तला’मा अनमोल र सुहानाको नृत्य
चलचित्र ‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘सुन्तला’ बोलको सार्वजनिक गीतमा अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ । गीतमा उनीहरुसँगै केही दृष्यमा सलोन बस्नेत र रेयर राईले पनि नृत्य गरेका छन् ।
आगामी बैशाख १ गते बाट प्रदर्शनमा आउने चलचित्रले प्रचारलाई आक्रामक बनाउन थालेको हो । सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र मेलिना राई र निशान भट्टराईले स्वर रहेको छ । लोक लयमा तयार पारिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
झरना थापाको निर्देशन रहेको चलचित्रमा उनकै कथा र उनीसँगै स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको पटकथा रहेको छ । चलचित्रलाई सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



