A Mero Hajur 4

UA Feature Film Love StoryApr 14, 2022Hall Release

News

पहिलो सातामा ‘ए मेरो हजुर ४’को ब्यापार ४ करोड १ लाख

लेन्सनेपाल २०७९ बैशाख ८
पहिलो सातामा ‘ए मेरो हजुर ४’को ब्यापार ४ करोड १ लाख

अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो सातामा ४ करोड १ लाखको ब्यापार गरेको छ ।

निर्माण टिमले बिहिबार पहिलो साताको ब्यवसायिक रिपोर्ट सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । नेपाली नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र बिदेशी चलचित्रको चेपुवामा परेको थियो । बिदेशी चलचित्रको दबाबका बिच चलचित्रको ब्यापारलाई उल्लेख्य हो । चलचित्रले पहिलो ३ दिनमा २ करोड ४३ लाखको ब्यापार गरेको थियो ।

झरना थापा निर्देशित चलचित्रलाई मल्टीप्लेक्सहरुले भने शो बाँडफाँडमा बिभेद गरेका थिए । बिदेशी चलचित्रको तुलनामा एक तिहाइ मात्र शो  ‘ए मेरो हजुर ४’लाइृ उपलब्ध गराएका थिए । केही हलले चलचित्र हाउसफुल हुने अवस्थामै शो कटौति समेत गरेका थिए । यि सबै परिस्थितिका बाबजुत चलचित्रको कमाईलाई उच्च मान्नुपर्ने हुन्छ ।

चलचित्र बिहिबारबाट दोस्रो सातामा प्रवेश गरेको छ ।