Vijay Lama   
Movie's Credit : Cast / Music Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘अन्तिम संस्कार’ मेरो बुवाले दिएको अन्तिम उपहार – विजय लामा

लेन्सनेपाल २०७९ पौष १८
‘अन्तिम संस्कार’ मेरो बुवाले दिएको अन्तिम उपहार – विजय लामा

वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । निर्माता, निर्देशक एवं कलाकारहरुले समेत निकै चुनौती मोलेर चलचित्रमा काम गरेको र एउटा उत्कृष्ट चलचित्र बनेको उनले बताए । 

‘कलाकार भएपछि केही फरक गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ’ उनले भने, ‘यो खालको चलचित्रमा काम गर्न जो–कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन् ।’ निर्माताले पनि ठूलो चुनौती मोलेर चलचित्र निर्माण गरेको उनको भनाई छ । 

अभिनेता लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ चलचित्र साइन गरेका थिए । सोहीकारण आफ्नो लागि यस चलचित्र भावनात्मक हिसाबले पनि विशेष रहेको उनको भनाई छ । ‘मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनुभएको थियो । उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो । ‘अन्तिम संस्कार’लाई म मेरो बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु’ – लामा यसै भन्छन् । 

‘अन्तिम संस्कार’लाई लण्डनमा फिल्म मेकिङ पढेर आएका प्रदीप शाहीले निर्देशन गरेका हुन् । चलचित्रका लागि अभिनेता लामाले २० केजी तौल घटाएको स्मरण गरे । हिमाल पारीको जिल्ला मुस्ताङमा माइनस डिग्री सेल्सीयसमा चलचित्रको छायाँकन गरिएको थियो । दिनको १८ देखि २१ घण्टासम्म खटिएर चलचित्रको छायाँकन गरिएको समेत अभिनेता लामाले स्मरण गरे ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु  कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिसयूज’को कथालाई चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा अभिनेता लामालाई धेरैवटा क्यारेक्टरमा पाउन सकिन्छ ।