Swastima Khadka   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

क्यारेक्टरसँग कलाकारको अन्र्तवार्ता

लेन्सनेपाल २०७५ पौष २३
क्यारेक्टरसँग कलाकारको अन्र्तवार्ता

गीत रिलिजबाट नै प्रचारमा नयाँ शैली अपनाएको चलचित्र ‘बुलबुल’ले क्यारेक्टरसँग कलाकारको अन्र्तवार्ता सार्वजनिक गरेको छ । चलचित्रको मुख्य भुमिकामा देखिएकी कलाकार स्वस्तिमा खड्काले आफुले निभाएको क्यारेक्टर रनकलासँग अन्र्तवार्ता लिएकी छिन ।

प्रचारका लागि तयार गरिएको क्यारेक्टरसँग कलाकारको अन्र्तवार्तामा रनकलाको चरित्र दर्शकलाई बुझाउन खोजिएको छ । अन्र्तवर्तामा टेम्पो चलक महिलाको समस्या, प्रेम र चेतनाको स्तरलाई देखाइएको छ ।

यसअघि सार्वजनिक गरिएको पहिलो टिजर चोपेन्द्र नामका यात्रुको भुमिकामा देखिएको मुकुन भुषाललाई स्थापित गराउन सफल भएको थियो भने दोस्रो टिजरले रनकला र चोपेन्द्रको प्रेमलाई दर्शाएको थियो । यसपटक सवस्तिमाको क्यारेक्टरलाई दर्शकमाझ स्पष्ट पारिएको छ ।

फाल्गुन ३ गतेबाट रिलिज हुने चलचित्रलाई बिनोद पौडेलले निर्देशन गरेका हुन । चलचित्रले टेम्पो चालक महिलाको कथालाई केन्द्रमा राखेको छ । स्वस्तिमा टेम्पो चालकको भूमिकामा छिन । चलचित्रमा स्वस्तिमा र मुकुनका अलवा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रको कथा, पटकथा तथा संवाद विनोद पौडेलले लेखेका हुन् । रामराजा दाहाल कार्यकारी निर्माता रहेको चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर निर्माण गरेका हुन् ।