Swastima Khadka   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘सार्क फिल्म फेस्टिभल’मा स्वस्तिमालाई ‘जुरी अवार्ड’

लेन्सनेपाल २०७६ आषाढ २३
‘सार्क फिल्म फेस्टिभल’मा स्वस्तिमालाई ‘जुरी अवार्ड’

श्रीलंकामा सम्पन्न ‘नवौं सार्क फिल्म फेष्टिवल’मा अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड हात पारेकी छिन । स्वस्तिमाले चलचित्र ‘बुलबुल’का लागि निभाएको ‘रणकला’को भुमिकाका लागि ‘स्पेशल जुरी अवार्ड’ प्राप्त गरेकी हुन् । यो स्वस्तिमाको पहिलो फिल्म अवार्ड हो ।

श्रीलंकाको नेशनल फिल्म कर्पोरेशनमा जुलाई २ बाट शुरु भएको भएको फेष्टिवल आइतबार सम्पन्न भएको हो । फेष्टिवलमा सार्क राष्ट्रका चलचित्रहरुको सहभागिता रहेको छ । ३५ चलचित्रको सहभागिता रहेको फेष्टिबलमा नेपालबाट ‘प्रसाद’ र ‘बुलबुल’ प्रतियोगी र ‘हरि’ अप्रतियोगी चलचित्रका रुपमा प्रदर्शन गरिएका थिए । कार्यक्रममा सहभागी हुन स्वस्तिमा जुलाई १ मा श्रीलंका गएकी थिइन ।

यस अघि सन् २०१४ मा सम्पन्न ‘सार्क फिल्म फेस्टिबल’मा चलचित्र ‘झोला’बाट गरिमा पन्तले सर्वोत्कृष्ट नायिका र फेस्टिबलमै दोस्रो बन्दै चलचित्र ‘साँघुरो’का निर्देशक जोएस पाण्डेले ‘सिल्भर मेडल’ प्राप्त गरेका थिए । यस्तै २०१७ मा भूपेन्द्र अधिकारीले चलचित्र ‘डाइङ क्यान्डल’ बाट उत्कृष्ट सम्पादकको अवार्ड जितेका थिए भने, ‘कालो पोथी’ ले उत्कृष्ट फिल्म ओपन अवार्ड प्राप्त गरेको थियो ।

यस्तै सर्ट फिल्म बिधा तर्फ नेपालबाट सहभागी ‘द मून इज ब्राइट टुनाइन’ (The Moon is Bright Tonight) ले विशेष प्रोत्साहन अवार्ड प्राप्त गरेको छ ।