Swastima Khadka   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘घामड शेरे’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७६ असोज २७
‘घामड शेरे’को ट्रेलर सार्वजनिक

चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सोसियल कमेडी जनराको चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ ।

कार्यक्रममा बोल्दै निर्देशक हेमराजले आफुलाई एउटा जोकबाट चलचित्रको कथा फुरेको बताएका छन् । तर, उनले कुन जोक हो भन्ने चाँही खुलाएनन् । यस्तै कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का रियल लाइफमा श्रीमान श्रीमति भएपनि चलचित्रमा सालि भेनाको भुमिकामा देखिएका छन् । स्वस्तिमाले कलाकारका नाताले जस्तो क्यारेक्टर भएपनि निभाउनु पर्ने भन्दै श्रीमानलाई भेना भनेर अभिनय गर्दा पनि असहज महशुस नगरेको बताएकी छिन ।

कार्तिक ८ गते प्रदर्शन हुने चलचित्रमा कथा र पटकथा निर्देशक हेमराज बिसीकै रहेको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा हेमराज बिसी र सिमो्स सुनुवारले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । नरेन्द्र विक्रम बुढा क्षेत्री चलचित्रका कार्यकारी निर्माता हुन् ।