This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
यात्रा प्रमोशनका लागि कलेजमा सलिन
चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग’ को कलेज तार्गेट प्रमोशन शुरु भएको छ । आइतबार चलचित्रको प्रमोशनका लागि कलाकारहरु हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । एलए कै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको ‘एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा राइजिङ स्टार सलिन मान बनिया सहित मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाल लगायतका कलाकार उपस्थित थिए ।
डेब्यु चलचित्र एम मेरो हजुर २ बाट नै चर्चामा रहेका सलिनको क्रेज यात्रा प्रमोशनका क्रममा समेत देखियो । सलिन कलेजमा प्रवेश भएसँगै उनिसँग सेल्फी खिच्न बिद्यार्थीहरु तछाड मछाड गरिरहेका थिए । चलचित्र तथा सामाजिक सञ्जाल मार्फत सलिनको फलोअर्स बनेका विधार्थीले उनको चलचित्रको बारेमा जानकारी लिदै शुभकामना समेत दिए । सलिनले नेपाली चलचित्रलाई माया गर्न आग्रह गर्दै युवा पुस्ताले चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरे । उनले चलचित्र क्षेत्रलाई अगाडी बढ्न युवापुस्ताको साथ चाहिने समेत बताए । सलिनले चट्ट रुमाल बोलको गीतमा नृत्य समेत गरेका थिए । उनिसँगै सलोनले गीत गाउँदै आफ्नो चलचित्र यात्राको डायलग समेत सुनाए ।

यसै चलचित्रबाट सम्राट शाक्यले निर्देशनमा डेब्यु गरेका हुन भने अभिनयमा मल्लिका महतले डेब्यु गरेकी छिन । कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ चलचित्र प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता, सुशील पोखरेल निर्माता, बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माता रहेका छन् । चलचित्रका कार्यकारी निर्मातामा सर्जुमान लिगल छन् ।
चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन र शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari

