Shuvash Thapa   
Movie's Credit : Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘सार्क फिल्म अवार्ड’मा ‘प्रसाद’ र ‘बुलबुल’

‘नवौं सार्क फिल्म फेष्टिवल’ शुरु

लेन्सनेपाल २०७६ आषाढ १७
‘सार्क फिल्म अवार्ड’मा ‘प्रसाद’ र ‘बुलबुल’

‘नवौं सार्क फिल्म फेष्टिवल’ शुरु भएको छ । श्रीलंकाको नेशनल फिल्म कर्पोरेशनमा आजबाट शुरु भएको फेष्टिवल ७ जुलाई सम्म चल्नेछ ।

फेष्टिवलमा सार्क राष्ट्रका चलचित्रहरुको सहभागिता रहेको छ । ३५ चलचित्रको सहभागिता रहेको फेष्टिबलमा नेपालका ३ चलचित्र प्रदर्शन हुनेछन् । फेष्टिवलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’, बिनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ र सफल केसी र प्रतिक गुरुङ निर्देशित चलचित्र ‘हरि’ प्रदर्शन हुँदैछन् । फेष्टिवलमा स्थानिय समय अनुसार आज दिउसो २ः४५ बजे बुलबुल, बिहिबार बिहान ९ः३० बजे प्रसाद र आइतबार बिहान १० बजे हरी प्रदर्शन हुनेछ ।

फेष्टिबलमा सहभागी हुन नेपालबाट ‘प्रसाद’ निर्देशक दिनेश राउत र ‘बुलबुल’ अभिनेत्री स्वस्तिमा खड्का सहित चलचित्र बिकास बोर्डबाट हरिसिंह रैखोला र हेमाङ्गराज गिरी श्रीलंका पुगेका छन् ।

फेष्टिवलमा नेपालका ३ चलचित्र सहभागी भएपनि सुभाष थापा निर्मित प्रसाद’ र अविरल थापा निर्मित बुलबुल’ले मात्र सार्क फिल्म अवार्डमा प्रतिष्पर्धा गर्नेछन् । प्रतिष्पर्धामा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उतकृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट पटकथा, उत्कृष्ट छायाँकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट साउण्ड डिजाइनर, उत्कृष्ट म्युजिक कम्पोजर र दुई बिधामा स्पेशल जुरी अवार्ड प्रदान गरिने छ ।

यस्तै सर्ट फिल्म बिधा तर्फ ‘The Remains’ र ‘The Moon Is Bright Tonight’ ले फेष्टिवलमा सहभागिता जनाएका छन् । यि दुई सर्ट फिल्मले प्रतिष्पर्धामा समेत सहभागिता जनाउने छन् । सर्ट फिल्म तर्फ ‘उत्कृष्ट सर्ट फिल्म’ अवार्ड प्रदान गरिनेछ ।