Shreedhar Poudel
Movie's Credit : Producer / Executive Producer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘गोपी’को क्यारेक्टर आफ्नो भोगाईसँग नजिक छ – विपिन कार्की
चलचित्र ‘गोपी’को शिर्ष भूमिका निर्वाह गरिरहदा कलाकार बिपिन कार्कीले उक्त पात्र आफ्नै भोगाईसँग नजिक पाएको बताएका छन् ।
आफ्नो घरमा पनि गाई भैसी पाल्ने चलन रहेको र आफुले बाल्यावस्थामै गाइसँगको सामिप्यता महशुस गरेको उनको भनाई छ । बाल्यबस्थामा गाईका लागि कयौं पटक घाँस काटेका, घाँस हालेका, खोले पकाएर खुवाएका, गाईगोठ सफा गरेका अनि ट्यामी (क्यान)मा दुध बोकेर बजार सम्म पुगेका विपिनले गोपीमा पनि यस्तै भुमिका निर्वाह गरेका छन् । फरक यत्ति हो घरमा व्यवसायिक गाइपालन थिएन भने चलचित्रमा व्यवसायिक गाई पालन छ ।
एक शिक्षित युवाले देशमै केही गर्छु भनेर गाई पालनमा लाग्दा आइपर्ने बाधा, अड्चन र त्यससँगको संघर्ष चलचित्रमा देखाइएको छ । चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, प्रकाश घिमिरे, भोला सापकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।
आफुले एक बसाईमै चलचित्रको स्कृप्ट पढेको बताएका विपिनले मौलिक कथाका चलचित्र बन्नु पर्नेमा जोड दिएका छन् । विपिनले फरक फरक कथाका चलचित्रहरु बनेको अनि चलेको खण्डमा चलचित्रको विषय नै फराकिलो हुँदै जाने बताएका छन् । गोपी चलचित्रमा अन्तिम समयमा जोडिन पुगेका विपिन यसको कथाले आफुलाई तानेको जनाउँछन् । कथा मन परेपछि स्कृप्ट पढेको र आफुलाई अफर गरिएको पात्रलाई छोटै समय भएपनि न्याय गर्न सक्छु भनेर काम गरेको विपिनको भनाई छ ।
आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र माघ १८ गतेबाट प्रदर्शन हुँदैछ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा सामिप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, विप्लव प्रतीक र बुद्धिसागरको गीत, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





