Shiva Hari Poudel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘लक्का जवान’लाई युनिभर्सल सर्टिफिकेट

चलचित्र ‘लक्का जवान’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । शुक्रबार चलचित्रको सेन्सर गरिएको थियो । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो ।
आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन हुने चलचित्र २ घण्टा १३ मिनेट लामो छ । कमेडी जनराको चलचित्रलाई कलाकार शिबहरी पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका दुई गीत ‘यो होनी तरिका’ र ‘म त सक्दिन’ यस अघि सार्वजनिक भइसकेका छन् ।
किरण केसी कार्यकारी निर्माता रहेको चलचित्रमा अन्सुया श्रेष्ठ, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको लगानी रहेको छ । चलचित्रमा मित्र डी गुरुङको सम्पादन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । चलचित्रलाई एफडि कम्पनी र गोपाल काजी कायस्थले वितरण गर्नेछन् ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal