This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
निर्देशक भट्टले दिए सौगातलाई सुपरस्टार भन्नुको कारण
चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलरमा अभिनेता सौगात मल्ललाई सुपरस्टारको ट्याग दिएपछि अर्का नायक शिब श्रेष्ठले असन्तुष्टि ब्यक्त गरेका थिए । खुलेरै त्यसको बिरोध नगरेपनि शिबले आइतबार आयोजित पत्रकार सम्मेलनमा घुमाउरो शैलीमा असन्तुष्टि राखेका थिए ।
शिबको असन्तुष्टि पछि हामीले सौगातलाई सुपरस्टारको ट्याग दिने ‘लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टसँग यसबारे जान्ने कोसिस गरेका छौं । जहाँ उनले सौगात आफ्नो नजरमा सुपरस्टार नै भएको बताए । उनले सौगातलाई सुपरस्टार दिनुको कारण खोल्दै उनको अभिनय क्षमताको खुलेरै प्रसंसा गरे । अहिलेको जेनेरेशनमा सौगात अभिनयमा निकै अब्बल कलाकार भएको भन्दै भट्टले अभिनय क्षमताका आधारमै आफुले उनलाई सुपरस्टारको ट्याग दिएको जनाए । त्यसो भए यि सुपरस्टारले ‘लप्पन छप्पन २’को करोडौंको भारी आफ्नो काँधमा बोक्न सक्लान त ? भट्ट ब्यवसायिक रुपमा पनि सौगात सुपरस्टार ठहरिन्छन् भन्ने कुराको ग्यारेन्टी गर्न नसके पनि उनको कामलाई मन पराएर सुपरस्टारको ट्यागलाई दर्शकहरुले पनि स्वीकार्ने जिकिर गर्छन । त्यसो त भट्टले सौगातलाई अहिले सम्मकै फरक भुमिकामा प्रस्तुत गरेको पनि जनाएका छन् ।
‘लप्पन छप्पन’को सिरिजका रुपमा निर्माण भएको ‘लप्पन छप्पन २’ पहिलो भन्दा निकै अब्बल रहेको भट्टको जिकिर छ । उनले ‘लप्पन छप्पन’मा भएका कयौं कमीकमजोरीहरु यसमा सुधारेको बताए । निर्देशक भट्टले ‘लप्पन छप्पन २’मा कुनै पनि कम्प्रोमाइज्ड नगरि काम गरेको जनाएका छन् । नेपाल, अष्ट्रेलिया र युरोपमा छायाँकन गरिएको चलचित्रमा सौगातका अलवा शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतका कलाकारले डेब्यु गर्दैछन् ।
निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद रहेको चलचित्रमा अमित शर्माले पनि पटकथामा साथ दिएका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसीसहित निर्देशक भट्टको एक्सन, निरज केसीको साउण्ड डिजाइन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह–निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् । चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





